PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

'लभ लभ लभ'ले छान्यो उत्कृष्ट प्रेमकथा



पहिलोपोस्ट

 'लभ लभ लभ'ले छान्यो उत्कृष्ट प्रेमकथा

काठमाडौं : फिल्म 'लभ लभ लभ'ले आयोजना गरेको प्रेमकथा प्रतियोगिताको विजयी घोषणा गरिएको छ। एक महिनाअघि घोषणा गरिएको 'आफ्नो प्रेमकथा पठाउनुहोस्, एक लाख पुरस्कार जित्नुहोस्' प्रतियोगिताअन्तर्गत पाटनकी एलिशा महर्जनको कथा उत्कृष्ट घोषित भएको हो।

डेढ सय प्रतिस्पर्धीबाट एलिशाको 'लभस्टोरी' छानिएको फिल्म निर्माता शर्मिला पाण्डेले जानकारी दिइन्। पाण्डेले एलिशालाई एक लाख नगद पुरस्कार हस्तान्तरण गरिन्। काठमाडौंमा आइतबार आयोजित कार्यक्रमबीच फिल्म निर्माण युनिट र कलाकारले एलिशालाई बधाई व्यक्त गरेका हुन्।

फिल्म युनिटले विजयी कथामाथि फिल्म बनाउने जनाएको थियो तर फिल्म लेखक तथ निर्देशक दीपेन्द्र के खानेलाले भने,'फिल्मनै बन्ने खालको कथा कुनै पनि भेटिएन तर एलिशाको कथा ती सबभन्दा गुदी भएको छ।' उनले एलिशाको कथा लभ लभ लभको क्लाइमेक्ससँग मेल खाने बताए।

विजेता एलिशाले भनिन्,'सोचेको पनि थिइन मैले पुरस्कार जित्छु भन्ने। अब यो रकम आफ्नो पढाईमा खर्च गर्छु।'

फिल्म लभ लभ लभ आउँदो वैशाख एक गते सार्वजनिक हुँदैछ।  फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell