वीरगन्ज : पर्सामा कार्यरत अहेब बबिता पण्डितको रहस्यमय हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको बारा प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले हत्याको अनुसन्धान लगभग सकिसकेको र अभियुक्तहरु केही नियन्त्रणमा आइसकेको जानकारी दिए। 'एक दुई दिनमै पत्रकार सम्मेलन गरी जानकारी गराउँछौँ,’ उनले भने, ‘घटनामा बबिताको पतिसँगै अन्यको पनि संलग्नता देखिएको छ।’
सर्लाही घर भएकी बबिता एक वर्षतयत वीरगन्ज देखि ४ किलोमिटर पश्चिममा रहेको स्वास्थ्य चौकी रामगढवामा कार्यरत थिइन्। भिस्वा क्षेत्रतिर उनी ५ वर्षिया छोरी तेजलसँगै डेरामा बस्दै आएकी थिइन्।
चैत १२ गते हत्या गरी बोरामा पोको पारी बबिताको शव प्रसौनी–८ नौतनमा फालिएको थियो। वीरगन्जबाट भिस्वाको नहरको बाटो भएर मोटरसाइकलमा लोड गरी सो ठाउँमा पुर्याइएको खुलेको बारा प्रहरीले जनाएको छ। चैत १३ गते बिहान ८ बजे लाश फेला पारिएको प्रहरी निरीक्षक कुशवाहले बताए।
घटना बबिताका पति अमरेन्द्र पण्डितकै योजनामा भएको र लासलाई तह लगाउन दुई तीन जनालाई उनले सघाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
सम्बन्धित समाचार :