
अमेरिकी नौ सेनाको टिमका एक पूर्व सदस्यले ओसामा बिन लादेनको मृत्युसित जोडिएको आश्चर्यजनक खुलासा गरेका छन्। नेवी सिल टिमका सुटर रोबर्ट ओनिलले आफूले हानेको गोलीले ओसामाको टाउको फुटेको र पछि अनुसन्धान गर्ने क्रममा पहिचानका लागि फेरि टाउको जोडेको बताएका छन्।
आफ्नो नयाँ किताबमा रोबर्टले सेप्टेम्बर ११ को आतङ्ककारी हमलाका मास्टरमाइण्ड ओसामालाई केही मिटरको परबाट आफूले गोली हानेको कुरा पनि उल्लेख गरेका छन्। न्यु यर्ट डेली न्युजको रिपोर्ट अनुसार उनले आफ्नो किताब 'द अपरेटर: फायरिङ द सट्स द्याट किल्ड बिन लादेन' मा नेवी सिल टीम ६ का पूर्व सुटरले पाकिस्तानको ऐबटाबादमा त्यस रात भएको घटनाबारे पनि विस्तृत जानकारी दिएका छन्।
सन् २०११ मे २ को रातको ओनिलको संस्मरणमाथि विवाद अझै कायम रहेको छ।