PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

दुई फिल्मको रिलिज टार्गेट तय, को जुध्दैछ अनमोल केसीसँग?



पहिलोपोस्ट

दुई फिल्मको रिलिज टार्गेट तय, को जुध्दैछ अनमोल केसीसँग?

काठमाडौं : आउँदो वर्ष २०७४ का लागि रिलिज डेट तय गर्ने फिल्मको लर्को लागेको छ।

दुई फिल्मले आइतबार मात्र आफ्नो फिल्मको रिलिज टार्गेट तय गरेका छन्। फिल्म ‘पिँजडा ब्याक अगेन’ र ‘झ्यानाकुटी’को रिलिज मिति घोषणा गरिएको हो।

एक्सन स्टार निखिल उप्रेतीको डेब्यु फिल्म पिँजडाको सिक्वेल पिँजडा ब्याक अगेन युनिटले माघ ५ लाई टार्गेट गरेको हो। दसैंको बिदामा रिलिज गर्ने भनिए पनि पुन: नयाँ रिलिज मिति तय भएको फिल्म वितरक गोपाल कायस्थले जानकारी दिए।

फिल्ममा सारा शिर्पाली र निखिल उप्रेतीको मुख्य अभिनय रहेको छ। हिमाल केसीको निर्देशन रहने फिल्ममा निर्माता मौनता श्रेष्ठको कथा रहेको छ।

त्यस्तै अर्को फिल्म झ्यानाकुटीले पनि आफ्नो रिलिज मिति घोषणा गरेको छ। फिल्म भदौ ८ मा प्रदर्शनमा आउनेछ। निशा अधिकारीको निर्माण रहेको फिल्ममा सौगात मल्ल, वेनिशा हमाल र कर्मा शाक्यको मुख्य अभिनय छ। सिमोश सुनुवारको निर्देशनमा बन्दै गरेको फिल्म प्रदर्शनको मितिमा नै अनमोल केसी स्टारर फिल्म कृ पनि विश्वव्यापी रुपमा प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell