PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

खैरो हेरोइनसहित झापामा दुई पक्राउ



पहिलोपोस्ट

खैरो हेरोइनसहित झापामा दुई पक्राउ

झापा : प्रहरीले लागूऔषध खैरो हेरोइनसहित झापामा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक नगरपालिका–१० बस्ने २० वर्षीय राजिव पौडेल र १८ वर्षीय आकाश रणपहेली रहेका छन्। आइतबार प्रहरीले उनीहरुको साथबाट ५ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।

मेचीनगर नगरपालिका–६ पुरानो भन्सार कार्यालय अगाडि लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ९३६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागी चेकजाँच गर्दा आकाश रणपहेलीको साथबाट लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell