काठमाडौं : नेकपा एमालेका सांसद सत्यनारायण मण्डलले मधेसी मोर्चाले गुण्डागर्दी गरिरहेको आरोप लगाएका छन्।
व्यवस्थापिका संसद बैठकमा बोल्दै उनले संघीय समाजवादी फोरम सप्तरीका नेता दिनेश यादवले आफ्नी श्रीमतीलाई लछारपछार पारेको प्रसंग झिक्दै यस्तो आरोप लगाएका हुन्। 'मेरी श्रीमती र २१ वर्षकी छोरीमाथि घरमै आएर उनले लछारपछार पारे,' मण्डलले भने, 'सभामुख पनि नारी हुनुहुन्छ, भन्नुस्- यो देशमा मानवअधिकार छ कि छैन?'
मधेसी मोर्चा सरकारबाट संरक्षित भएको भन्दै उनले उनीहरु दलका कार्यकर्ता नै नभएको टिप्पणी गरे।