PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

२६ वर्ष पुरानो स्पर्मबाट जन्मिए जुम्ल्याहा सन्तान



पहिलोपोस्ट

२६ वर्ष पुरानो स्पर्मबाट जन्मिए जुम्ल्याहा सन्तान
प्रतीकात्मक चित्र

२६ वर्षभन्दा लामो समयसम्म स्टोर गरिएको स्पर्मको मदतले एक दम्पतीलाई सन्तान सुख मिलेको छ। यो एउटा वर्ल्ड रेकर्ड हो। यसअघि २३ वर्षसम्म फ्रोजन गरिएको स्पर्मको माध्यमबाट बच्चालाई जन्म दिइएको थियो। 

२१ वर्षको उमेरमा एक स्कटिस म्युजिसनले आफ्नो स्पर्म स्टोर गराएका थिए। यही फ्रोजन स्पर्म्सका माध्यबाट उनी ४७ वर्षको उमेरमा पिता बनेका छन्। क्यान्सरका बिरामी म्युजिसनलाई किमोथेरापीभन्दा अघि डाक्टरहरुले यो थेरापीपछि प्रजनन क्षमता प्रभावित हुने बताएका थिए। डाक्टरको सल्लाहमा म्युजिसनले आफ्नो स्पर्म स्टोर गराएका थिए। कोल्ड स्टोरेज स्पर्मका कारणले नै म्युजिसनकी ३७ वर्षीय पत्नी सन् २०१० मा गर्भवती भइन्। 

यसरी जन्मिएका म्युजिसनका जुम्ल्याहा बच्चामा एक छोरी र एक छोरा रहेका छन्। फ्रोजन स्पर्म्सबाट जन्मिएका यी दुवै बच्चा स्वस्थ छन्। 

म्युजिसन अहिले ५४ वर्षका भए। आफूले वर्ल्डरेकर्ड बनाउन लागेको कुरा उनी थाहा पाउँदै आए पनि उनी सार्वजनिक रुपमा बाहिर आउन भने चाहँदैनथे। यस घटनाअघि एलेक्स पावेल नामक व्यक्तिका नाममा यो रेकर्ड स्थापित थियो। जसको स्पर्म २३ वर्षसम्म फ्रोजन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell