PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सोलुखुम्बुमा फोटो खिच्ने क्रममा एक विदेशीको मृत्यु



पहिलोपोस्ट

 सोलुखुम्बुमा फोटो खिच्ने क्रममा एक विदेशीको मृत्यु

विराटनगर : फोटो खिच्ने क्रममा आज बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ।

स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उनी पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी भएका थिए।

सो अवसरमा फोटो खिच्ने क्रममा अचानक लडेपछि टाउकोमा चोट लागेको थियो। गम्भीर अवस्थामा रहेका उनको पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको हो। उक्त विद्यालयको उनी सहयोगी दातासमेत रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell