PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

धनगढीमा निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु



पहिलोपोस्ट

धनगढी : आगामी निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले आज यहाँ निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ।

आयोगका आयुक्त ईला शर्माले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै आगामी चुनावमा आम नागरिकलाई निष्पक्षताको आभाष हुने गरी कार्य सम्पादन गर्न सहभागीलाई निर्देशन दिए।

उनले विगतका निर्वाचनभन्दा केही फरक ढङ्गको र नयाँ संरचनामा आगामी निर्वाचन हुन लागेकाले यो निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, निष्पक्ष, स्वतन्त्ररुपमा सम्पन्न गराउन सबैले आफ्नो जिम्मेवारी र दायित्व सम्झेर काम गर्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, आयोगका सहसचिव दिनेशकुमार घिमिरेलगायतले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

दुईदिने प्रशिक्षक प्रशिक्षणमा डोटी, अछाम, दार्चुला, डडेलधुरा, बाजुरा र बर्दिया जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सहभागी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell