PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

भाजपा नेता जोली भन्छन्- 'नेपालको विकासबारे मोदीलाई चिन्ता छ'



पहिलोपोस्ट

भाजपा नेता जोली भन्छन्- 'नेपालको विकासबारे मोदीलाई चिन्ता छ'

काठमाडौं : भारतीय जनता पार्टीका नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आर्थिक विकासले गति लिने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आज भएको कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव पनि दिए। ‘नेपालमा स्थानीय तहको निर्वाचन अति आवश्यक छ, सकेसम्म सबै दलहरुवीचको सहमतिमा नै चुनाव भए राम्रो,’ उनले भने, 'लोकतन्त्र मजबुद बनाउनको लागि पनि चुनाव अपरिहार्य हुन्छ ।'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको विकासको लागि ठूलो चिन्ता लिएको भन्दै नेता जोलीले नेपालको विकासको लागि आफैले व्यक्तिगत रुपमा पहलकदमी लिएको भनाइ राखे।

पछिल्ला दिनमा नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेको र नेपालको विकासमा भारतको सहयोग सधै उच्च रहने उनले विश्वास दिलाए। उनले नेपालको लोडसेडिङ् अन्त्यको लागि समेत भारतले सहयोग गरेको बताउँदै भने, ‘अहिले नेपालमा लोडसेडिङको समस्या छैन, भारतबाट नेपालमा ३४० मेगावाट विजुली ल्याइएको छ। नेपालको विद्युत प्राधिकरणले समेत आन्तरिक रुपमा १ सय मेगावाट प्रबन्ध गरेको छ।'

साक्षात्कारमा बोल्दै नेता जोलीले सबै दल आपसी समझदारीका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत संस्थागत गर्नको लागि निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए। ‘प्रधानमन्त्री प्रचण्डजी, देउवाजी, ओलीजी, थापाजी, गच्छदारजी र महन्थ ठाकुरजी सबैले आपसी समझदारी गरेर चुनावमा जानुपर्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell