PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपालबाटै सम्पर्कविहीन पाकिस्तानी सेनाका पूर्वकर्णेल खोज्न कसरी खट्दैछ प्रहरी?



सविन ढकाल

नेपालबाटै सम्पर्कविहीन पाकिस्तानी सेनाका पूर्वकर्णेल खोज्न कसरी खट्दैछ प्रहरी?

काठमाडौं : पाकिस्तानी सेनाका अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब भैरहवाबाट हराएको भन्दै खोजी कार्यमा जुटेको रुपन्देही प्रहरीले उनीबारे अहिलेसम्म कुनै तथ्य फेला पार्न नसकिएको जनाएको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलवहादुर पाण्डेले सम्भावित सबै क्षेत्रमा सिभिल प्रहरीसमेत परिचालन गरे पनि हबिबबारे अहिलेसम्म कुनै जानकारी पाउन नसकेको बताए। पूर्वकर्णेल आएर कुनै होटलमा बसेको हुन सक्ने आशंकामा प्रहरीले रुपन्देहीमा सञ्चालित सबै होटेलमा पुगेर अनुसन्धान गरेको थियो।

उनको आफ्नो फेसबुकमा बुद्ध एयरको विमानअगाडि फोटो खिचेर पोस्ट गरेका थिए। सोही आधारमा विमानबाट भैरहवा पुगेको हुन सक्ने प्रहरीले शंका गरेको थियो। विमानस्थलले भने मुहम्मद हबिब नामबाट कुनै यात्रु नआएको जनाएको छ।

अहिले रुपन्देहीमा प्रहरीले पाकिस्तानी कर्णेनलको फोटो देखाउँदै खोजी कार्य गरिरहेको डिएसपी पाण्डेले बताए।

एक अन्तरवार्तामा सहभागी हुन भन्दै अप्रिलमा नेपाल आएका त्यसयता परिवारको सम्पर्कमा थिएनन्। पाकिस्तानको रक्षा मामिलासम्बन्धी वेबसाइट डिफेन्स डट पिकेको फोरममा राखिएको जानकारी अनुसार हबिबले अवकाश पाएलगत्तै लिङ्कड इन र युएनको वेबसाइटमा आफ्‍नो बायोडाटा राखेका थिए।

यस लगत्तै उनलाई मार्क थमसन नामका व्यक्तिले [email protected] इमेलमार्फत सम्पर्क गरी ३५ सय देखि ८५ सय डलर तलबको प्रस्ताव गर्दै ओमन एयरको बिजनेश क्लासको टिकट पठाई नेपाल बोलाएको त्यसमा उल्लेख छ। उक्त वेबसाइट भारतबाट होस्ट गरिएको र अहिले वेबसाइट बन्द छ। उनी पाकिस्तानी सेनाको हातहतियार विभागमा काम गर्थे।

पाकिस्तानी सञ्चारमाध्यमहरुले भने भारतीय खुफिया एजेन्सी ‘र’ले उनलाई योजनाबद्ध रुपमा अपहरण गरेको हुन सक्ने जनाएका छन्। नेशन डटकम डट पिकेले लुम्बिनी भारतीय सीमाबाट पाँच किलोमिटरको दुरीमा रहेको भन्दै भारततर्फ इसारा गरेको छ। पाकिस्तान टुडेले पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जाकारियालाई उद्धृत गर्दै हबिब हराएको पुष्टि गरेको छ। त्यस्तै काठमाडौँस्थित पाकिस्तान दूतावासले उनको खोजीका लागि परराष्ट्र मन्त्रालयसँग सम्पर्क गरेको उल्लेख छ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले पाकिस्तानी नागरिक हराएको भन्ने खबर आएलगतै प्रहरी खोजीमा जुटिसकेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell