PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

राष्ट्रपतिसँग कोरियाली राजदूतको विदाइ भेट



पहिलोपोस्ट

राष्ट्रपतिसँग कोरियाली राजदूतको विदाइ भेट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच इ चोए योङ जिङले विदाइ भेट गरेका छन्। 

राष्ट्रपति भवन शितलनिवासमा सोमबार भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध एवम् आपसी हितका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। 

उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell