PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

आइजीपी टुङ्ग्याउन मन्त्रिपरिषद् बैठक चार घण्टादेखि जारी



पहिलोपोस्ट

आइजीपी टुङ्ग्याउन मन्त्रिपरिषद् बैठक चार घण्टादेखि जारी

काठमाडौँ : नेपाल प्रहरीको आइजीपी नियुक्तीका विषयमा मन्त्रिपरिषद् बैठकमा अहिले छलफल भैरहेको छ। प्रहरी प्रमुखका मुख्य प्रतिष्पर्धी डिआइजीहरु नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारीको कार्यसम्पादन मुल्याङ्कनका आधारमा प्राप्त नंम्बरहरुको अहिले गणना भैरहेको छ। 

सर्वोच्च अदालतले कार्यसम्पादनका आधारमा र बरिष्टताका आधारमा नवराज सिलवालको आइजीपीको बैध अपेक्षा पुरा गर्न परामेदश गरेको थियो। तर कार्यसम्पादनमा प्रकाश अर्याल अगाडि रहेको सूचना लिक भएको थियो। 

एक मन्त्रीका अनुसार कार्यसम्पादन मुल्याङ्कन गणनाका लागि अहिले प्रधानमन्त्री कार्यालय सचिव, गृह सचिव, कानुन सचिव र कायममुकायम आइजीपी लागिरहेका छन्। आजै प्रहरी प्रमुख नियुक्ती गर्ने कि अझ थप अध्ययन गर्ने भन्नेमा मन्त्रिपरिषद् अलमलमा परेको छ। 

मन्त्रिपरिषद् बैठकको अहिले ब्रेक टाइम चलिरहेको छ। 

फागुन २ गते सरकारले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय लिए लगत्तै सोही दिन सर्वोच्च अदालतले चन्दको नियुक्ती बदर गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell