PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

कुन डिआइजीको कति नम्बर? कति नम्बर नपुग्दा आइजीपी बन्न पाएनन् सिलवाल?



पहिलोपोस्ट

कुन डिआइजीको कति नम्बर? कति नम्बर नपुग्दा आइजीपी बन्न पाएनन् सिलवाल?

काठमाडौँ : सरकारले कार्यसम्पादन मूल्याङ्कनको नम्बर समेत सार्वजनिक गर्दै डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक बनाएको छ। बैठकपछि सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पत्रकारहरुलाई अर्यालले प्राप्त गरेको नम्बर १५४.२* भएको जानकारी दिए। उनले प्रतिस्पर्धामा रहेका अन्य डिआइजीहरुको नम्बर समेत जानकारी गराए।

  • प्रकाश अर्याल – १५४.२
  • नवराज सिलवाल – १५२.६७
  • बमबहादुर भण्डारी – १५०.२
  • जयबहादुर चन्द – १४७.६०

मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट नंम्बर मगाएर कार्यसम्पादन मूल्याङ्कन नम्बर रुजु गरेको थियो। मन्त्रिपरिषद् बैठकले गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र कानुन सचिव राखेर नम्बर मूल्याङ्कन गरेको थियो। 

मन्त्री कार्कीले अदालतको आदेशको मार्ग निर्देशन, नेपाल प्रहरीको चेन अफ कमाण्ड ख्याल गरेर सरकारले प्रकाश अर्याललाई आइजीपी बनाउने निर्णय लिएको बताए। कार्कीले सार्वजनिक गरेको नम्बर अनुसार प्रतिष्पर्धामा दोश्रो स्थानमा रहेका नवराज सिलवालले आइजीपी बन्न २ अंक कम प्राप्त गरेका छन्। 

इमेज टेलिभिजनसँगको कुराकानीमा परराष्ट्रमन्त्री प्रकाशशरणम महतले भने मुल्याङ्कन समितिले पेश गरेको तथ्याङ्कका आधारमा निर्णय लिइएको बताए। 'यसमा मन्त्रिपरिषद्को कुनै आग्रह पूर्वाग्रह छैन, कार्यसम्पादनको आधारमा सर्वोच्चको आदेश अनुसार समिति बनाएर घोषणा गरेको हो', उनले भने। 
*यसअघि १५५.०२ उल्लेख भएकोले सच्याइएको 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell