PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

प्रदेश २ र ५ मा अझै स्थानीय तह थप्ने सरकारको तयारी, कमल थापाको संयोजकत्वमा समिति



पहिलोपोस्ट

प्रदेश २ र ५ मा अझै स्थानीय तह थप्ने सरकारको तयारी, कमल थापाको संयोजकत्वमा समिति

काठमाडौँ : सरकारले प्रदेश नं २ र प्रदेश नं ५ मा स्थानीय तहको संख्या थप गर्ने तयारी गरेको छ। मधेसी मोर्चाले जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण नभएको भन्दै विरोध जनाईरहेका बेला सरकारले स्थानीय तहको संख्या थप गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। 

समितिले प्रदेश नं २ र प्रदेश नं ५ को स्थानीय तहको संख्या, सीमा निर्धारणका लागि मन्त्रिपरिषद्लाई सुझाव पेश गर्नेछ। 

निर्वाचन आयोगले स्थानीय तहको संख्या अनुसार तयारी गरेर निर्वाचन अगाडी बढाइसकेपछि सरकारले स्थानीय तह थप गर्ने गरि सुझाव दिन समिति गठन गरेको हो। 

समितिलाई मन्त्रिपरिषद्ले तीन दिनको समय उपलब्ध गराएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकरी दिए।

यसले प्रदेश नं २ र ५ मा निर्वाचन समेत प्रभावित हुने देखिएको छ। प्रदेश नं २ का जिल्लाहरुमा मतदान केन्द्र नतोकिएकोमा निर्वाचन आयोगले सरकारलाई ताकेता गर्दै आएको थियो। 

स्थानीय तहको संख्या र सीमाना हेरफेरसँगै आयोगलाई मतदाताको नामावली नयाँ क्षेत्रका आधारमा हेरफेर गर्न समय लाग्नेछ। त्यस्तै नयाँ क्षेत्रका लागि मतदान अधिकृत तोक्नुपर्ने हुँदा पनि समय लाग्ने देखिन्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell