PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

फोटोमा हेर्नुस्, आइजीपीको फुलीका साथ प्रकाश अर्यालको खुसी

फोटोमा हेर्नुस्, आइजीपीको फुलीका साथ प्रकाश अर्यालको खुसी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : नेपाल प्रहरीले अन्तत: दुई महिनापछि नयाँ महानिरिक्षक पाएको छ। गत फागुन २ गते सोमबार देखि तत्कालिन महानिरिक्षक उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि प्रहरी निमित्त आइजीपीको भरमा चल्दै आएको थियो। प्राविधिक तर्फका एआईजी डाक्टर दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरी चलाउँदै आएका थिए। 

तर सरकारले सोमबार नयाँ आइजीपी नियुक्तिसँगै सपथ खुवाउँदै प्रकाश अर्याललाई नयाँ आइजीपी बनाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आइजीपी नियुक्त गरेको थियो। त्यसपछि राती ११ बजेर ३० मिनेट जाँदा उनलाई गृह मन्त्रालयमा सपथ गराइएको हो। उनलाई गृहसचिवले फुली लगाइदिएका थिए। पत्रकारहरुलाइ फुली लगाउँदै गर्दाको फोटो खिच्न रोकिएपनि पछि बधाई दिने कार्यक्रममा भने जान दिइएको थियो। हेर्नुस् नयाँ आइजीपीको फोटो -
 


ट्रेन्डिङ पोस्ट

Ncell