PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

प्रधानमन्त्री र नवनियुक्त आइजिपीको भेट ‘चुनावी सुरक्षामा केन्द्रित हुन निर्देशन’



पहिलोपोस्ट

प्रधानमन्त्री र नवनियुक्त आइजिपीको भेट ‘चुनावी सुरक्षामा केन्द्रित हुन निर्देशन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रहरीका नवनियुक्त आइजिपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । 

आइजिपीमा नियुक्त भएपछि अर्यालले प्रधानमन्त्रीसँग सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेट गरेका हुन्। 

भेटमा प्रधानमन्त्रीले अर्यालको कार्यकाल सफलताको कामना गर्दै सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका छन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गरी निर्वाचन सफल बनाउने भूमिका खेल्न प्रधानमन्त्रीले निर्देशन दिएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डले निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्न पनि अर्याललाई निर्देशन दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell