PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'आन्दोलन' जारी छ (फोटोसहित)



पहिलोपोस्ट

'आन्दोलन' जारी छ (फोटोसहित)

काठमाडौं: चैत २४ गते बिहीबारबाट सुरु भएको ‘आन्दोलन’ एक साता पूरा गर्दैछ। यो आन्दोलन पनि ६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्ने बताइएको छ।

सन्दर्भ थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘आन्दोलन’को हो। ६२, ६३ को आन्दोलनको सन्दर्भमा युवाहरुले आन्दोलनमा पुर्‍याएको योगदान र नेपाली जनताले राज्य प्रणालीविरुद्ध ओकलेको आवाज नाटकको केन्द्रमा छ। राजनीति र आन्दोलनप्रति वेवास्ता गर्ने युवाको माध्यमबाट ‘राजनीतिलाई हामीले वास्ता नगरे पनि राजनीतिले हामीलाई वास्ता गरिरहेको हुन्छ’ भन्ने मूल मर्म नाटकले बोल्छ।



'हाम्रो हरेक समय र कार्यहरुसंग राजनीति जोडिएको हुन्छ भन्ने विषय उठानका लागि यो नाटक मञ्चन गरिएको हो', निर्देशक सुदाम सिके बताउँछन्।

नाटकका लेखक सौरभ कार्की हुन्। विशेषतः कविता र कथामा कलम चलाउने सौरभ कार्कीको यो पहिलो नाटक हो। उनले पहिले लेखिसकेका कथालाई नाटकको रुप दिएका हुन्। नाटक विधा लेखनको हिसाबले अन्य विधाभन्दा कठिन लागेको उनको अनुभव छ।



नाटक २०७४ वैशाख ११ सम्म हरेक दिन ५:३० बजे र शनिबार दिउँसो १:३० बजे मञ्चन हुनेछ। नाटकमा रियर राई, संयोग गुरागाईं, इँगिहोपो कोइँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडाले अभिनय गरेका छन्।



















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell