PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

बालाजु बाइसधारामा विशेष मेला, हेर्नुस् फोटोमा

बालाजु बाइसधारामा विशेष मेला, हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : बालाजुस्थित बाइसधारमा आज चैत्र शुक्लपूर्णीमाका अवसरमा विशेष मेला लागेको छ। मेला भर्नको लागि यहाँ बिहानैदेखि भत्तजनहरुको घुँइचो लागेको छ। मेलामा काठमाडौँलगायत वरिपरिका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आउने गर्दछन्।

प्राचीन धार्मिक तीर्थस्थलको रूपमा रहेको यस क्षेत्रमा हरेक वर्ष चैत्र शुक्लपूर्णीमाका दिन ठूलो मेला लाग्ने गरेको छ। बाइसधाराको निर्माण मल्ल वंशीय राजा प्रताप मल्लले गरेका हुन्।

हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। 

बालाजु बाइसधाराको मेलामा पूर्णीमाको अघिल्लो दिन यहाँका बौद्ध स्तुपमा भक्तजनहरू पूजाआजाका लागि आउने गर्छन्। चैतपूर्णिमाको बिहान सबेरै बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपको ज्योतिको दर्शन गर्ने परम्परा रहिआएको छ। 

आजको दिन बालाजु बाइसधाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने तथा चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell