PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

नाटक मञ्चनले घर चल्दैन : रजित कपूर



पहिलोपोस्ट

नाटक मञ्चनले घर चल्दैन : रजित कपूर

काठमाडौं: प्रसिद्ध हिन्दी रंगकर्मी रजित कपूर आजभोलि हिन्दी फिल्म तथा टेलिफिल्ममा भूमिका निभाउँदै आएका छन्। रंगमञ्चबाट विदा नलिए पनि उनी ठूलो पर्दामा धेरै देखिन थालेका हुन्। 

आफू अझै पनि रंगमञ्चको नजिक रहेको दाबी गर्दै बिबिसी हिन्दीसँग भने, 'नाट्यकर्म मेरो मनमा छ तर नाटक मञ्चनले कसैको घर चल्दैन।' उनले रंगमञ्च र नाट्य कलाकारहरुको पिडा पोखे। रंगमञ्चले आफ्नो समेत घर गुजारामा असर परेको बताउँदै सुनाए,' नाटक क्षेत्रको हालत २५ वर्ष पहिले पनि यस्तै थियो र आज पनि उस्तै छ।'

रजितले नाटका अभिनयमा रुची भएकाहरुलाई रंगमञ्च सँगसँगै कमाइको अन्य बाटो पनि खोज्न सुझाव दिएका छन्। २० वर्ष निरन्तर नाटकमा काम गरिराख्दा उनले पनि कपडा आयात निर्यातको व्यवसाय गरेका थिए। 'नाटक अभिनय नौटंकी मात्र होईन तर नाट्यकर्मीको न कमाइ छ न इज्जत।' नाटक अभिनयको सबै भन्दा कठिन माध्यम भएको रजितको तर्क छ।

स्वयंम टिभी तथा पर्दामा देखिन थालेका उनले सिरियल र फिल्मलाई नाट्यक्रमीको राम्रो आयस्रोत बनेको बताए।

विद्या बालन अभिनित फिल्म 'बेगम जान'मा पनि रजित कपूरको अभिनय रहेको छ। १४ अप्रिलबाट प्रदर्शनमा आउने फिल्ममा उनी सरकारी अधिकारीको भूमिकामा देखिँदै छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell