PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पर्ख र हेरको अवस्थामा चन्द, भन्छन्- सरकारले के जिम्मेवारी दिन्छ, कुरेर बसेको छु



सविन ढकाल

पर्ख र हेरको अवस्थामा चन्द, भन्छन्- सरकारले के जिम्मेवारी दिन्छ, कुरेर बसेको छु

काठमाडौं : सरकारले फागुन १ गते नेपाल प्रहरीको डिआइजीबाट बढुवा गरी महानिरीक्षकमा नियुक्त गरेका जयबहादुर चन्दले 'देशले लामो समयपछि महानिरीक्षक पाएकोमा' खुसी व्यक्त गरेका छन्।

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेको र महानिरीक्षक पद रिक्त हुँदा चुनावी सुरक्षामा असर पर्ने बताउँदै उनले सरकारी निर्णयको स्वागत गरे।

'मलाई खुसी लागेको छ, देशले प्रहरी प्रमुख पायो,' पहिलोपोस्टसँग कुरा गर्दै उनले भने, 'सरकारले मलाई दिएको महानिरीक्षकको जिम्मेवारी त सर्वोच्च अदालतले बदर गरिसकेको छ। तर अब आफू कहाँ बसेर काम गर्ने म अन्योलमा छु।' अब आफूलाई सरकारले के जिम्मेवारी दिने हो सोही कुरेर बसेको उनले बताए।

सरकारले दिएको जिम्मेवारी अनुसार आफू प्रहरी संगठनमा इमानदारिताका साथ काम गर्न चाहेको उनको भनाइ छ। अदालतको कार्यसम्पादन मूल्यांकनमा दोस्रो वरीयतामा रहेका डिआइजी प्रकाश अर्याललाई सरकारले सोमबार राति महानिरीक्षकमा नियुक्ति गरिसकेको छ। उनले राति नै पदभार समेत ग्रहण गरिसकेका छन्।

यसअघि चन्दको नियुक्ति लगत्तै डिआइजी नवराज सिलवालले नियुक्ति बदरको मागसहित सर्वोच्चमा रिट हालेका थिए। प्रधानन्यायाधीश सुशीला कार्कीले मुद्दाका लागि आफ्नै नेतृत्वमा बृहद् पूर्ण इजलास गठन गरिन्। इजलासले चन्दको नियुक्ति बदर मात्रै गरेन, कार्य सम्पादन मूल्याङ्कनमा नवराज सिलवाल एक नम्बरमा रहेको भन्दै उनको वैध अपेक्षा पूरा गर्न र कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा रहेको व्यक्तिलाई आइजी नियुक्ति गर्न चैत ८ गते परमादेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell