काठमाडौं: बलिउड फिल्म 'लिपस्टिक अंडर माइ बुर्का' ले 'गोल्डेन ग्लोब' अमेरिकी फिल्म अवार्डमा सहभागिता जनाउने भएको छ। फिल्मले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रतिक्रिया पाए पनि भारतमा भने प्रदर्शन अनुमति पाएन।
महिला केन्द्रित फिल्मलाई सेन्सर बोर्डले फिल्ममा यौन र महिलाको चर्चा बढी भएको कारण प्रदर्शन अनुमति नदिएको बताएको थियो। अलंकृता श्रीवास्तवा निर्देशित फिल्म लस एलजेलशमा ५ देखि ९ अप्रिलसम्म भएको इन्डियन फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको थियो। सोही फिल्म महोत्सवमा निर्देशकले फिल्मको 'गोल्डेन ग्लोब'मा सहभागिता रहने खबर सार्वजनिक गरेकी हुन्। हलिउड फरेन प्रेस असोशियशनले फिल्मलाई अवार्ड कार्यक्रममा स्क्रिनिङको लागि अनुमती दिएको मुम्बई मिररले जनाएको छ।
कोन्कणा सेन शर्मा, आहना कुम्रा, प्लाबिता बोरठाकुर र रत्ना शाह पाठकको सो फिल्म भारतमा प्रदर्शन नहुने भयो। फिल्मको प्रिमियर भने टोक्योमा भैसकेको छ। त्यस्तै विभिन्न अन्तराष्ट्रिय अवार्ड समेत जितिसकेको फिल्मले केही हप्ता अघि मात्र 'ग्लास्गो फिल्म अवार्ड'मा अडियन्स अवार्ड हात पार्यो।