काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ।
कतार एयरको उडानद्वारा दोहा हुँदै इस्तानबुल जान लागेका २४ वर्षीया टर्किस नागरिक गुस्सोय हेस्लिनलाई लुकाईछिपाई राखेको ३ सय २ ग्राम लागूऔषध चरेससहित सोमबार प्रहरीले पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।