PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

एमाले सांसद्को घरमा आक्रमण घटनाको जवाफ दिन सरकारलाई संसद्को रुलिङ



पहिलोपोस्ट

एमाले सांसद्को घरमा आक्रमण घटनाको जवाफ दिन सरकारलाई संसद्को रुलिङ

काठमाडौं : एमाले सांसद् सत्यनारायण मण्डलको घरमा भएको घटनामा जवाफ दिन सभामुख ओनसरी घर्तीले सरकारलाई रुलिङ गरेकी छन्।

सांसद् मण्डलले आइतबारको संसद् बैठकमा आफ्नो घरमा प्रवेश गरेर मोर्चाका नाममा दिने यादवले श्रीमती र २१ वर्षीया छोरीमाथि आक्रमण भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका थिपए। उनको मागमा सरकारले केही नगरेको भन्दै एमालेले आजको बैठकको सुरुवातमा उठेर विरोध जनाएको थियो।

एमाले सांसद्ले संसद् बैठक नै चल्न नसक्ने घोषणा गर्दै उठेर विरोध जनाएपछि सभामुख घर्तीले सरकारलाई यथार्थ जानकारी गराउन रुलिङ गरेकी हुन्। सभामुखको रुलिङपछि एमाले सांसद बसेर बैठक सञ्चालनका लागि सहयोग गरेका थिए।

मधेसी मोर्चाले बैठक बहिष्कार गरेपछि एमाले सांसद् रवीन्द्र अधिकारीले मण्डलको घरको घटनाका विषयमा बोल्दै सरकारले चुनाव मुखैमा आउँदा पनि शान्तिसुरक्षा दिन नसकेको आरोप लगाएका थिए।

'व्यवस्थापिका संसदका सदस्य सत्यनारायण मण्डलको घरमा दिनेश यादवको जत्थाले आक्रमण गरेको छ, यसमा जवाफ चाहिन्छ,' अधिकारीले भने, 'हामीले सभा जुलुसमा आक्रमण भयो भन्दा प्रधानमन्त्री र गृहमन्त्री मुसुक्क हाँस्नुहुन्छ। घरमा आक्रमण भयो भन्दा पनि मुसुक्क हाँस्नुभयो।' घरमै आक्रमण हुँदा समेत सरकारले उदासिनता देखाएको भन्दै उनले यसले चुनावमा शान्ति सुरक्षाको प्रश्न उठाएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell