PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

कोटेश्वर-कलङ्की सडकखण्डको निर्माण तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

कोटेश्वर-कलङ्की सडकखण्डको निर्माण तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको स्थलगत निरीक्षण गरेर तत्काल निर्माण कार्य अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्। 

निर्माण कार्यमा भइरहेको ढिलाइप्रति स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेपछि उनले आज सडकखण्डको स्थलगत निरीक्षण गरेका हुन्। 

कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा ढिलाइ भएपछि सवारी आवागमनमा समस्या हुनुका साथै धुवाँ धुलोका कारण जनजीवन प्रभावित भएको छ। निर्माण व्यवसायीले कार्य सम्पादनमा चासो नदिएपछि स्थानीयले सरकार र सरकारी निकायमा व्यापक गुनासो गरेका थिए।

सरकारले चासो नदिएका कारण सडक नाजुक भएको र धुलो, धुवाँ एवम् सवारीसाधनको मनलाग्दी व्यवहार गरेको भन्दै सांसदले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell