PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

दावा लामा गोली काण्ड : प्रहरीलाई फोन  - 'मैले नै गोली हानेको हुँ'



सविन ढकाल

दावा लामा गोली काण्ड : प्रहरीलाई फोन  - 'मैले नै गोली हानेको हुँ'

काठमाडौँ : काठमाडौंको गौरीघाटमा डन दावा लामामाथि मंगलबार बिहान ९ बजेर ३० मिनेटमा गोली प्रहार भयो।

तर गोली प्रहार लगत्तै ९ बजेर ५० मिनेटमा काठमाडौँ प्रहरी प्रमुखलाई एउटा फोन आयो।

फोन गर्ने व्यक्तिले आफू हङकङमा रहेको मात्र बताएन् भर्खरै घटेको गोली हानिएको घटनाबारे समेत बोल्न थाल्यो। 
 
'मैले नै गोली हानेको हुँ', फोन गर्नेको प्रहरीसँग दावी थियो।
 
काठमाडौँका एसएसपी छविलाल जोशीले गोली प्रहारको घटनाको जिम्मा लिदैँ आफूलाई फोन आएको स्वीकार गरे। तर उनले ती फोन गर्ने व्यक्तिको पहिचान भने खुलाएनन्। 'अनुसन्धान जारी छ', जोशीले पहिलोपोस्टसित भने। 

स्रोतका अनुसार जोशीलाई फोन गर्ने व्यक्ति लोप्साङ लामा हुन्। लामाले आफ्नो व्यक्तिगत दुस्मनीका कारण दावा माथि गोली प्रहार गरिएको बताएको स्रोतको दावी छ। 

'स्वयम्भू क्षेत्रबाट गुण्डागर्दीमा संलग्न समिरमान सिंहसँग लोप्साङको सम्पर्क रहेको देखिन्छ', अनुसन्धानमा जुटेको प्रहरी स्रोतले भन्यो।

प्रहरीले घटनामा संलग्नलाई छिट्टै प्रक्राउ गर्ने दावी गरेको छ। 

के हो घटना? 
गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि बिहान गोली प्रहार भएको हो। गोली प्रहारबाट उनी घाइते भएका छन्। लामा नयाँ बस्तीमा बस्दै आएका थिए। 

लामालाई उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा राखिएको छ। उनलाई कोखमा गोली लागेको छ। 

पैदल आएका एक व्यक्तिले उनलाई गोली प्रहार गरी भागेका थिए। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ। गणेश लामा समूहबाट गुण्डागर्दीमा सामेल हुँदै आएका लामा केही समयदेखि गणेश लामासँग छुट्टिएर छुट्टै समूह बनाई सक्रिय थिए। यसअघि पनि उनी दरबारमार्गमा एक व्यवसायी धम्क्याएकोमा पक्राउ परी भर्खर छुटेका थिए। विभिन्न काण्डमा उनी पक्राउ पर्दै आएका व्यक्ति हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell