PahiloPost

May 15, 2024 | २ जेठ २०८१

एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी, यस्तो हुनेछ महासंघको नयाँ स्वरुप



प्रभात भट्टराई

एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी, यस्तो हुनेछ महासंघको नयाँ स्वरुप

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन्। उनले प्रतिस्पर्धी किशोर प्रधानलाई पछि पारेका हुन्। 

वरिष्ठ उपाध्यक्षमा विजयी शेखर तीन वर्षपछि महासंघको स्वतः अध्यक्ष हुनेछन्। गोल्छा समूहका शेखरले किशोरलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। 

शेखरले  एशोसिएट र जिल्ला दुई क्षेत्रमा प्रधानले भन्दा बढी मत पाए भने वस्तुगतमा किशोरले बढी मत पाए। महासंघमा वरिष्ठ उपाध्यक्षका लागि प्राप्त हुने मतलाई तीन भागमा विभाजन गरिन्छ।

त्यसमध्ये जिल्लाको मत भार ५० प्रतिशत हुन्छ भने एशोसिएटको मतभार ३० प्रतिशत र वस्तुगतको मतभार २० प्रतिशत हुन्छ। जिल्लामा शेखरले ६१ मत प्राप्त गरे भने किशोरले ४२ मत पाए। उता वस्तुगतमा किशोरले ५१ मत पाए भने शेखरले ४७ मत पाए।

जिल्ला र वस्तुगतको परिणाम आएपछि प्रधानले शेखरलाई माला लगाइ शुभकामना दिएका थिए।

भवानी राणाले नेतृत्व गर्ने महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर हुनेछन्। एशोसिएटबाट यसअघि नै चन्द्र ढकाल निर्विरोध निर्वाचित भैसकेका थिए। वस्तुगतबाट उमेशलाल श्रेष्ठ उपाध्यक्ष भएका छन् भने जिल्लाबाट प्रमोद श्रेष्ठ उपाध्यक्ष बनेका छन्। महासंघको हाइप्रोफाइल पाँच पोस्टमध्ये प्रमोद मात्रै एक जना प्रधान समूहबाट विजय भएका छन्।


अब महासंघको स्वरुप यस्तो हुनेछ
 

अध्यक्ष : भवानी राणा
वरिष्ठ उपाध्यक्ष : शेखर गोल्छा
एशोसिएट उपाध्यक्ष : चन्द्र ढकाल
जिल्ला नगर उपाध्यक्ष : प्रमोद श्रेष्ठ
वस्तुगत उपाध्यक्ष : उमेशलाल श्रेष्ठ

कोषाध्यक्षस् महासंघको कार्यकारिणीको बहुमतबाट चुनिनेछ। कार्यकारिणीमा गोल्छा समूहको बहुमत भएका कारण यो समूहबाट कोषाध्यक्ष प्रस्तावित ज्ञानेन्द्रलाल श्रेष्ठ कोषाध्यक्ष हुने सम्भावना बढी छ।


तस्विर : इलिट जोशी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell