PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भूकम्पबाट कम प्रभावित थप चार जिल्लामा अनुदान वितरण सुरु



पहिलोपोस्ट

भूकम्पबाट कम प्रभावित थप चार जिल्लामा अनुदान वितरण सुरु

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान बितरण सुरु गरेको छ। प्राधिरकणले मंगलबारदेखि थप चार जिल्लामा अनुदान वितरण सुरु गरेको हो।

यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले चैत्र २१ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पहिलो किस्ता अनुदान वितरण सुरु गरेका थिए। कास्कीपछि बाँकी १६ जिल्लामध्ये मंगलबारदेखि लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुमा अनुदान वितरण सुरु गरिएको हो।

प्राधिकरणका प्रवक्ता यामलाल भूसालले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ थप चार जिल्लामा वितरण सुरु भएको बताए। प्राधिकरणले एक साताभित्र बा“की सवै जिल्लामा निजी आवास पुनर्निर्माणको अनुदान वितरण सुरु गर्ने तयारी गरेको छ। 

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता भइसकेका करिब ९८ प्रतिशत लाभग्राहीलाई अनुदान वापतको पहिलो किस्ता बितरण भइसकेको प्राधिकरणको तथ्याङ्क छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell