रुकुम : आसन्न स्थानीय तहको निर्वाचनमा रुकुकममा एक लाख एक हजार ९३२ मतदाताले मतदान गर्न पाउने भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटा नगरपालिका र छ वटा गाउँपालिकामा गरी ५१ हजार १५३ महिला र ५० हजार ७७८ पुरुष मतदाताले मतदान गर्न पाउँछन्। यहाँ पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी रहेको छ।
जिल्ला निर्वाचन कार्यालयबाट एक लाख पाँच हजार ४३० मतदाताको सिफारिस गरेर पठाए पनि आयोगबाट तीन हजार ४९९ जनाको घटाएर अन्तिम नामावली पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिए। वि.सं २०७० को संविधानसभाको निर्वाचनमा भन्दा १५ हजार ४६० मतदाता यसपटक बढेका छन्। त्यतिबेला ८६ हजार ४६३ मतदाता थिए ।
यहाँको ग्रामीण क्षेत्रमा धेरैले मतदाता सूचीमा आफ्नो नाम भर्न छुटाएका बताइएको छ। कतिपयको पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएको र कतिपय रोजगारीका सिलसिलामा विदेशमा रहेकाले भोट हाल्नेको संख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ। रासस