PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कवि मनु मन्जिलसहित तीन स्रष्टा सम्मानित



पहिलोपोस्ट

कवि मनु मन्जिलसहित तीन स्रष्टा सम्मानित

इनरुवा : कवि मनु मन्जिल, लेखक मोहनबहादुर चापागाईं र शिखर घिमिरे सावित्री गोपाल स्मृति ट्रष्टद्वारा सम्मानित भएका छन्।

ट्रष्टले बर्सेनि प्रदान गर्दै आएको सावित्री गोपाल स्मृति पुरस्कार यस वर्ष यी तीन स्रष्टालाई प्रदान गरिएको हो। सुनसरीको इनरुवामा सम्पन्न सम्मान अर्पण कार्यक्रममा सांसद् रेवतीरमण भण्डारी र ट्रष्टका अध्यक्ष तथा गीतकार रोशन भट्टराईले तीनै स्रष्टालाई सम्मानपत्र र नगद १० हजार प्रदान गरे। ट्रष्टले ६ वर्षदेखि यो पुरस्कार दिँदै आएको छ।

यसअघि पत्रकार तथा लेखक किशोर नेपाल, पत्रकार पारस नेपाल लगायतलाई यो पुरस्कार दिइसकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell