PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

बसभित्रै 'स्मोकिङ जोन', जहाजमा झैं खाना खाने टेबुल : सुविधायुक्त बस काठमाडौं, पोखरा र लुम्बिनीमा



पहिलोपोस्ट

बसभित्रै 'स्मोकिङ जोन', जहाजमा झैं खाना खाने टेबुल : सुविधायुक्त बस काठमाडौं, पोखरा र लुम्बिनीमा

काठमाडौं : नेपाल बस सर्भिसले सुविधायुक्त चार वटा बस सञ्चालनमा ल्याएको छ।

काठमाडौं -पोखरा र काठमाडौं-लुम्बिनी रुटका लागि बस सञ्चालनमा ल्याइएको हो। यो बसको टिकट मोबाइल एपको माध्यमबाट बुकिङ गर्न सकिनेछ। र्इसेवा नेपालको एपमार्फत टिकट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले छिट्टै थप पाँच बस थपेर अन्य सहरमा समेत सेवा सञ्चालनमा ल्याउने जानकारी दिएको छ।

कस्तो छ बस?

टाटा मोटर्सको एमसिभी सेग्मेन्टको नयाँ मोडलको बस हो। एलपिओ१५१२ टिसी एयर सस्पेन्सन च्यासिसमा नयाँ दिल्लीको प्रख्यात कोच तथा क्याराभान निर्माता कम्पनीले बडी बनाएको हो।

११ मिटर लामो यो बस टाटा क्युमिन्स ट्रर्बोचार्ज्ड इन्टरकुल्ड डिजल इन्जिनले शक्ति दिने कम्पनीले जनायो ।१ सय ३३ हर्ष पावरको इन्जिन भएको वाइड बडी बसमा एयर सस्पेन्सन र २८ रिक्लाइनिङ थार्इ रेस्ट सिटहरुमा रहेको छ। जहाजको जस्तै फोल्डेबल टेबल जडित छ, जसले खाना ट्रेमा राखेर सहज रुपमा खान सकिन्छ। यात्रुहरुलाई चिसो तातो पेय पदार्थ र खानेकुराको व्यवस्था पनि बस भित्रै दिने कम्पनीको भनाइ छ।

एयर सस्पेन्सनयुक्त एलपिओ च्यासिस, १०–२० साइजको रेडियल टायर  लगायतका कारण सहरभित्र र बाहिरको सुरक्षित यात्राको लागि उपयोगी रहने कम्पनीको दाबी छ।

१३३ हर्ष पावरको इञ्जिन, ४९० न्युटन मिटरको टर्क, २५३ मिलि मिटरको क्लजप्लेट र जी ६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि  सहज रुपले बसले भार बहन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विशेष सुविधा सम्पन्न बसको निर्माणमा यात्रुहरुको चाहना, सुरक्षा र सुविधालाई विशेष ध्यान दिइएको छ। बसको भित्रि भागमा काठले बनाइएका सामानहरुको प्रयोग गरिएको जसले बसलार्इ आकर्षक बनाएको छ। धुम्रपानको बानी भएका यात्रुहरुको लागी छुट्टै ठाउँको व्यवस्था बसभित्रै गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell