PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

नेपालमा बेपत्ता पाकिस्तानी पूर्वकर्णेल र भारतीय नौसेना अधिकारी कुलभूषणको फाँसीबीच यस्तो कनेक्सन



पहिलोपोस्ट

नेपालमा बेपत्ता पाकिस्तानी पूर्वकर्णेल र भारतीय नौसेना अधिकारी कुलभूषणको फाँसीबीच यस्तो कनेक्सन

इस्लामावाद : नेपालमा भारतीय सिमाना नजिक पाकिस्तानी सेनाका अधिकारी बेपत्ता भएको घटनाको सम्बन्ध के भारतीय नौसेनाका पूर्वअधिकारी कुलभूषण यादवलाई दिइएको फाँसीसँग जोडिएको होला?

कुलभूषणलाई फाँसीको सजाय सुनाउने फैसला भएको केही दिनअघि पाकिस्तानी आर्मी अफिसर लेफ्टिनेन्ट कर्णेल (रिटायर्ड) महुम्मद हबीब जाहीर बेपत्ता भएको समाचार पाकिस्तानी मिडियामा आएको थियो। भारत र पाकिस्तान दुवै देशका मिडियाले दुवै घटनामा आपसी सम्बन्ध भएको आशंका गरेको थियो। यसका अतिरिक्त सामाजिक सञ्जालमा पनि यसबारे व्यापक चर्चा परिचर्चा भएको छ।

आफ्ना बेपत्ता अफिसरका कारण दबाबमा आएको पाकिस्तानले के कुलभूषणलाई फाँसी दिने योजना बनाएको हो त? 

इन्डियन एक्सप्रेसले आफ्नो एउटा समाचारमा बताए अनुसार हबीब पाकिस्तानको त्यस विशेष टिमका हिस्सा थिए जसले मार्च २०१६ मा भारतीय नौसेनाका पूर्व अधिकारी कुलभूषण जाधवलाई अपहरण गरेका थिए। स्रोतहरुका अनुसार भारतीय खुफिया एजेन्सी लामो समयदेखि हबीबमाथि केन्द्रित थियो।

हबीब अन्तिम पटक नेपाल-भारत सीमाक्षेत्रमा पर्ने लुम्बिनीमा देखापरेका थिए। दुवै देशका मिडियामा अहिले हबीब बेपत्ता भएको र जाधवलाई फाँसीको सजाय सुनाइएको घटना चर्चामा आएको छ। यी दुवै घटनाको आपसमा सम्बन्ध जोडिएको हुन सक्छ। हबीब भारतीय एजेन्सीको निगरानीमा रहेको कुरा पाकिस्तानलाई राम्ररी थाहा छ। यस घटनाको लगत्तै जाधवलाई मृत्युदण्डको सजाय दिने घोषणा गरियो। 

यसअघि समाचार एजेन्सी पिटिआईको लागि पाकिस्तानमा रिर्पोटिङ गरिसकेका रिजाउल हसन लश्करले भनेका थिए, 'भारतले नौसेनाका पूर्व अधिकारी जाधवमाथि लागेको जासुसीको आरोपलाई खारेज गरेको थियो। के जाधवलाई सुनाइएको मृत्युदण्डको सजाय र पाकिस्तानी सेनाका अधिकारीको नेपालमा भएको अपहरण घटना आपसमा जोडिएका छन्? यदि यस्तो हो भने यो फैसला अदूरदर्शी देखिन्छ।'

पाकिस्तानी मिडियाले जनाए अनुसार हबीब सन् २०१४ मा पाकिस्तानी सेनाबाट रिटायर भएका थिए। स्रोतका अनुसार सेनाबाट रिटायर्ड उनले पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको लागि काम गर्न थाले। पाकिस्तानी मिडियाका अनुसार हबीबका बारेमा ६ अप्रिलबाट कुनै पनि जानकारी प्राप्त भइरहेको थिएन। हबीबले बिहीबार दिउँसो अन्तिम पटक आफ्नो परिवारसँग सम्पर्क गरेका थिए। र त्यसपछि उनीसँग फोन सम्पर्क नभएको बताइएको छ।

हबीब ५ अप्रिलमा एक जागिरको लागि अन्तर्वार्ता दिन नेपाल गएको उनको परिवारको दाबी छ। अप्रिलमा हबीब भारतीय सीमाबाट करिब ६ किलोमिटरको दूरीमा रहेको लुम्बिनीबाट बेपत्ता भएका थिए। त्यो खबर पाकिस्तानी मिडियाले थाहा पाएपछि उनीहरुले यसको पछाडि भारतीय खुफिया एजेन्सीहरुको हात रहेको बताएका छन्। पाकिस्तानी अखबार 'द डन' ले आफ्नो एउटा समाचारमा हबीब बेपत्ता भएको घटनामा 'र'को हात भएको आशंका गरेको छ। -नवभारत टाइम्सबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell