काठमाडौं : सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। मंगलबार सुनको भाउ तोलाको ५४ हजार ७०० रुपैयाँ रहेकोमा बुधबार ५५ हजार ४०० रुपैयाँ पुगेको हो।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको भाउ प्रति तोला ८१० रुपैयाँ पुगेको हो।
यसैगरी अमेरिकी डलर बिक्री दर १०३ रुपैयाँ ५० पैसा पुगेको छ।