PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

वाणिज्य महासंघको नयाँ नेतृत्वमा निर्माता आकाश अधिकारी वस्तुगत सदस्य



पहिलोपोस्ट

वाणिज्य महासंघको नयाँ नेतृत्वमा निर्माता आकाश अधिकारी वस्तुगत सदस्य

काठमाडौँ: चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा विजयी भएका छन्। सम्पन्न निर्वाचनमा ५६ भोट प्राप्त गरी सदस्य चयन भएका हुन्।

निर्माता तथा निर्देशक आकाश अधिकारी वस्तुगततर्फ केन्द्रिय सदस्यमा विजयी भएका हुन्। अधिकारीले फिल्म उद्योगलाई व्यवसायिक बनाउन बक्स अफिस स्थापनाको कामलाई अघि सार्ने प्रतिबद्दता जनाएका छन्। भने,'फिल्म क्षेत्रलाई अब उद्योगमा परिणत गर्न पहल गर्छु।'

१४ सदस्यका लागि भएको प्रतिस्पर्धामा २७ जनाको उम्मेदवारी थियो। ९९ जनाले दिएको मतदानमा ६ भोट बदर भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell