
मोरङ : चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बेलबारी नगरपालिका–९ पोखरीया बस्ने १८ वर्षीय रोशन धिमाल र १९ वर्षीय सनी राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उनीहरुले बेलबारी नगरपालिका–४ यलम्बर चोक बस्ने १८ वर्षीय विकल राई र बेलबारी नगरपालिका–९ बस्ने १७ वर्षीय सत्यनारायण चौधरीलाई धारिलो हतियार चक्कुर प्रहार गरी घाइते बनाएका थिए। घाइतेहरुलाई उपचारको लागि विराटनगरतर्फ लगिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।