
काठमाडौं: नलीमा मासु पलाएपछि स्वर गुमाएका कलाकार कलाकार दीपक क्षेत्रीको उपचार सुरु हुने भएको छ। फिल्म 'राज्जा रानी'को सेटबाट सुरु भएको सहयोग संकलन अभियानमा चलचित्र पत्रकार संघले गरेको निरन्तर सहयोग अपिलपछि उनको शल्यक्रिया हुने भएको हो।
ग्राण्डी इन्टरनेशनल अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डाक्टर बिके सिन्हाले क्षेत्रीको उपचार गर्ने बताइएको छ।
आउँदो बिहिबारबाट उनको उपचार शुरु हुनेछ। कलाकार क्षेत्रीको उपचारको लागि आर्थीक अभियान चलाएको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले भने,'उपचार पुरा गर्ने प्रतिबद्दता सहित लागि परेका छौं। हाम्रो संघको तर्फबाट आवश्यक हरेक किसिमको सहयोग हुन्छ।'
दीपकको उपचारका लागि विश्वभरका नेपाली फिल्मकर्मी, पत्रकार तथा दर्शकले सहयोग संकलन गरिरहेका छन्। सन्दिप सापकोटाले दिएको जानकारी अनुसार नगद सहयोग र सहयोग प्रतिबद्दता निरन्तर आइरहेको छ।