PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

यस्तो बनेर आयो ‘कहानी यो प्रेमगीतको'



पहिलोपोस्ट

यस्तो बनेर आयो ‘कहानी यो प्रेमगीतको'

काठमाडौं: फिल्म 'प्रेमगीत २' को शीर्ष गीत सार्वजनिक भएको छ। ‘कहानी यो प्रेमगीतको’ बोलको गीत युट्युबमार्फत रिलिज गरिएको हो। गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीको स्वर रहेको छ।

गायक क्षेत्रीको जन्मदिनको उपलक्ष्यमा बुधबार गीत रिलिज गरेको फिल्म युनिटले जानकारी दिएको छ। चर्चित रक ब्यान्ड १९७४ एडीका लिड भोकलिस्ट रोहितजोन क्षेत्रीको यो पहिलो पाश्र्वगायन हो।

अमृत मरहठ्ठाको शब्द गीतमा कल्याण सिंहको संगीत रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र डेब्यु एक्ट्रेस अश्लेषा ठकुरीको फिचरिङ रहेको छ। भिडियोको लागि नृत्य निर्देशन रेनसा राईले गरेकी छिन्। पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्।

नेपाल र म्यानमारका दुई पात्रबीचको प्रेम संघर्ष बोल्ने फिल्म साउन १३ गतेबाट प्रदर्शन गर्ने बताइएको छ। फिल्म प्रेमगीतको सिक्वेललाई रामशरण पाठकले निर्देशन गरेका हुन्। आशुसेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मले कभर गीत प्रतियोगिता समेत घोषणा गरेको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell