PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कृषि मन्त्री चौधरीले गरे फ्लोरिकल्चरको आकस्मिक अनुगमन



पहिलोपोस्ट

 कृषि मन्त्री चौधरीले गरे फ्लोरिकल्चरको आकस्मिक अनुगमन

काठमाडौँ : कृषि विकास मन्त्री गौरीशंकर चौधरीले बुधबार बिहान पुष्प प्रवर्द्धन कार्यक्रमको आकस्मिक अनुगमन गरेका छन्। मन्त्री चौधरीले राजधानीस्थित विभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका  हुन्।

मन्त्री चौधरीले बालुवाटारस्थित बाग्मती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अवलोकन गरेका थिए। अनुगमनपछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएको साझेदारी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए। 


फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि विकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए। उनले भने, 'आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म फूलमा आत्मनिर्भर हुन सकिँदैन, यो क्षेत्रमा मन्त्रालय र निजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell