PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पा सम्मानित



पहिलोपोस्ट

विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पा सम्मानित

काठमाडौं: पहिलोपटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व कीर्तिमान राखेका डिजे छेवाङलाई काठमाडौंमा सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरिएको छ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उनलाई गिनिज वर्ल्ड रेकर्डको तर्फबाट प्राप्त गरेको कीर्तिमानको प्रमाणपत्र दिइयो। 

कार्यक्रमका लागि प्रमुख अतिथि रहेका नेपाल माउन्टेनियरिङ संघका अध्यक्ष आङ छिरिङ शेर्पाले प्रमाण पत्र र मेडल हस्तान्तरण गरेका हुन्। नेपाल शेर्पा संघका एडी शेर्पा, निमा शेर्पा, गेल्बु शेर्पा, गायिका सरस्वती लामालगायतका अन्य अतिथिको पनि उपस्थिति रहेको थियो। डिजे छेवाङले सन् २०१६को अक्टोभर २७ मा मनाङ जिल्लाको थोरङ्लामा ५४१६को उचाइमा डिजेइङ गरेका थिए।



कार्यक्रममा उनले भने,'सजिलो काम पक्कै थिएन तर सजिलो भएको भए विश्व कीर्तिमान पनि त बन्ने थिएन।' उनले आफू एक कलाकार भएको नाताले आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने हेतुले सबैभन्दा अग्लो स्थानमा डिजेइङ गरेको बताए। 

डिजे छेवाङले दिएको जानकारी अनुसार शनिबार इमेलबाट कीर्तिमानका लागि गरेको अनुरोध स्वीकार भएको जानकारी गराउँदै इमेल आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell