काठमाडौँ : राप्रपाले संविधान संशोधन विधेयकको समर्थन गर्ने निर्णय गरेको छ। मधेसी मोर्चालाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै राप्रपाले 'आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने निश्चित भए नयाँ दर्ता भएको संशोधनमा फरक मत राखेर समर्थन गर्ने' निर्णय गरेको हो।
राप्रपाको केन्द्रीय पदाधिकारीहरुको बैठकले 'आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने सनुश्चित भएमा आफ्नो फरक मतका बाबजुद देशलाई राजनीतिक निकास दिनका लागि पार्टीले संशोधन प्रस्तावको समर्थन गर्ने', निर्णय लिएको हो।
यसअघिको संशोधनमा भने राप्रपाले सीमाङ्कनको विषयमा असहमति जनाएको थियो।
राप्रपाले निर्वाचन आयोगले आफ्नो विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र शब्द हटचाएको विषमया भने अर्को बैठकबाट आवश्यक निर्णय लिने जनाएको छ। तर कस्तो निर्णय भन्ने विषयमा भने केही खुलाइएको छैन।
हिन्दुराष्ट्र र राजसंस्था शब्द हटाएको विरोधमा राप्रपाले चैत ७ गते निर्वाचन आयोग घेराउ गरेको थियो भने ज्ञापन पत्रसमेत बुझाएको थियो।