PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने



पहिलोपोस्ट

काठमाडौँ : नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ।

विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए। उनले भने– 'सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र जापान सरकारले आठ केन्द्र बनाउन सहयोग दिनेछन्।'

केन्द्रले ‘गोरखा भूकम्प’ पछि नेपालमा गएका भूकम्पको धक्का प्रशोधन कार्य (अभिलेख राख्ने काम) गरिरहेको छ।

केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि अहिलेसम्म नेपालमा ३० हजारभन्दा बढी भूकम्प तथा परकम्प गइसकेको छ।

कोइरालाले गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७९ र त्योभन्दा तलका ३० हजारभन्दा बढी परकम्प गएको बताए।रासस

वैशाख १२ गते गएको भूकम्पपछि दैनिक सयौँ परकम्प गएको र त्यसको अभिलेख राख्न नसकेकाले अहिले केन्द्र अभिलेख राख्ने काम जुटिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell