PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

राष्ट्रपति भण्डारी र भारतीय राजदूतबीच शिष्टाचार भेट



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालस्थित भारतीय राजदूत मन्जिव सिंह पुरीले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा २०७४ साल वैशाख ४ गतेदेखि सुरु हुने राष्ट्रपतिको मित्रराष्ट्र भारतको राजकीय भ्रमण एवम् आपसी हितका विषयमा कुराकानी भएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो।

राष्ट्रपति भण्डारीले वैशाख ४ गतेदेखि ८ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने कार्यक्रम आजै तय भएको हो। यो उनको पहिलो विदेश भ्रमण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell