PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

निर्वाचन आयोगले बुझ्यो चिनियाँ सहयोगको निर्वाचन सामग्री



पहिलोपोस्ट

निर्वाचन आयोगले बुझ्यो चिनियाँ सहयोगको निर्वाचन सामग्री

काठमाडौँ : निर्वाचन आयोगले चीन सरकारले सहयोग स्वरुप दिएका ११ प्रकारका निर्वाचन सामग्री बुझेको छ। चीनबाट हवाइ मार्गबाट आएका ११ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले त्रिभुवन विमानस्थल पुगेर बुझेका हुन्।

प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरु मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको प्रशिक्षणका लागि उपत्यकाबाहिर रहेकाले सचिव मैनालीले सहयोग सामग्री बुझेका हुन्।

'चीन सरकारले दिएको सहयोग मैले निर्वाचन आयोगका तर्फबाट बुझेको छु,' निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'चीन सरकारका तर्फबाट निर्वाचन आयोगलाई ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप आएको छ।'

नेपालका लागि चिनियाँ राजदूत यु होङ्लेले विमानस्थल पुगेर चीन सरकारको तर्फबाट निर्वाचनका लागि उपलब्ध गराएको सहयोग सामग्री हस्तान्तरण गरेकी हुन्। चीन सरकारले निर्वाचन आयोगलाई, स्ट्याप्लर, स्टिचिङ मेसिन, डटपेनसहित ११ प्रकारका निर्वाचन सामग्री सहयोग गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell