PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

त्रिभुवन विमानस्थल स्तरोन्नति विवाद, ठेक्का रद्दबारे श्वेतपत्र जारी गर्न विकास समितिको निर्देशन



पहिलोपोस्ट

त्रिभुवन विमानस्थल स्तरोन्नति विवाद, ठेक्का रद्दबारे श्वेतपत्र जारी गर्न विकास समितिको निर्देशन

काठमाडौं : व्यवस्थापिका संसदको विकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नितिको कामबारे ३० दिनभित्र स्वेतपत्र जारी गर्न सरकारलाई निर्देशन दिएको छ। विमानस्थलको स्तरोन्नतीका लागि ठेक्का पाएको स्पेनिस कम्पनी सानजोसेसँगको ठेक्का रद्दले देशलाई फाइदा वा घाटा के भएको छ त्यस सम्बन्धमा श्वेतपत्र जारी गर्न समितिले निर्देशन दिएको हो।

नागरिक उड्ययन प्राधिकरणले विमानस्थल निर्माणका लागि सानजोसेले समयअवधि भित्र १६ प्रतिशतभन्दा बढी काम गर्न नसकेको भन्दै टेन्डर रद्द गरेको थियो। बुधवार सिंहदरवारमा वसेको समितिको बैठकले सरकारलाई विमानस्थल निर्माण कम्पनीले के कति काम गरेको थियो, सम्झौताअनुसार काम हुन नसक्दा सम्बन्धित निर्माण पक्षले पेनाल्टी तिर्नुपर्छ कि पर्दैन, सबै विवरणसहित श्वेतपत्र जारी गर्न निर्देशन दिएको हो।
 
यसैगरी विमानस्थल विस्तार र विकासका लागि रोक्का राखिएका जग्गामध्ये आवश्यक पर्ने जग्गा तत्काल अधिग्रहण गर्न र अनावश्यक जग्गाको रोक्का फुकुवा गर्नसमेत समितिले निर्देशन दिएको छ। स्तरोन्नवतिको लागि नयाँ टेण्डर गरिएको छ। उक्त कार्यहरु तोकिएकै मितिमा सम्पन्न गर्न समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell