
नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई क्यानडाको मानार्थ नागरिक बनेकी छन्। १९ वर्षीय मलाला क्यानाडाको मानार्थ नागरिक बन्ने छैटौँ व्यक्ति बनेकी छन्। मानार्थ प्राप्त गर्ने उनी सवैभन्दा कम उमेरकी व्यक्ति भएकी छन्।
ओटावाको एक औपचारिक कार्यक्रममा उनले क्यानडाका राजनीतिज्ञलाई छात्रा शिक्षाका लागि फण्ड जुटाउने कार्यमा सहयोग गर्न आग्रह गरिन। उनी महिला अधिकार र शिक्षाबारे विश्वव्यापी परोपकारी अभियानमा छिन्।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मलाला क्यानडाका सवैभन्दा नयाँ र सम्भवतः सवैभन्दा बहादुर नागरिक भएको बताए। पाकिस्तानी मलालालाई सन् २०१४ मा नै मानार्थ नागरिकता दिने निर्णय तत्कालीन स्टीफन हार्पर सरकारले गरेको सफल हुन सकेको थिएन।
मलालाभन्दा पहिले मानार्थ नागरिकरबाट दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेला, तिब्बती धर्मगुरु दलाई लामा, धार्मिक नेता आगा खान, स्वीडेनका कुटनीतिज्ञ राउल वेलेनबर्ग र म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी सम्मानित भइसकेका छन्।