PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कमलरी मञ्चकी अध्यक्ष सिर्जना चौधरीले गरिन् आत्महत्या



पहिलोपोस्ट

गुलरिया : मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन्। 

बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए। 

चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ। 

यसैबीच, बारबर्दिया–९ दक्षिणटोलमा जुवा खेलिरहेका आठ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीबाट खटिएको टोलीले उनीहरुबाट ५७ हजार ८४५ रुपैयाँ नगद समेत बरामद गरेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell