PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

'डायरी'को गीतमा कार्टुन्ज क्रुको डान्स



पहिलोपोस्ट

'डायरी'को गीतमा कार्टुन्ज क्रुको डान्स

काठमाडौं: फिल्म 'डायरी'को डान्सिङ नम्बर सार्वजनिक भएको छ। 'माया माया'को गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो।  गीतको भिडियोमा चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुले कभर डान्स गरेको छ।

अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा कार्टुन्ज क्रुले फिल्म युनिटकै लागि कभर गरेको हो। मानस राजको संगीत तथ शब्द रहेको गीतलाई डायरी प्रचारको माध्यम मान्न सकिन्छ। क्रुका सुरज अधिकारीले भने,'फिल्मको लागि हाम्रो डान्स कभर गर्न पाउँदा खुशी छौं। नेपाली फिल्मको यस्तो गीतहरु हाम्रो प्रस्तुतीको लागि राम्रो प्ल्याट्फर्म हो।'

अनिल योञ्जनको लेखन तथा निर्देशनमा बन्दै गरेको फिल्म ‘डायरी’मा रेखा थापा, छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ। फिल्ममार्फत अभिनेत्री छुल्ठिमले फिल्म निर्माणमा डेब्यु गरेकी छिन्। प्रेम कथा मुख्य विषय रहेको फिल्ममा रेखा थापा पहिलो पटक भिलेनको रुपमा देखिएकी छिन्।  फिल्म आउँदो जेठ पाँचबाट प्रदर्शन हुँदैछ।

हेर्नुस् भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell