
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो। हैदराबादका तर्फबाट कप्तान डेविड वार्नरले ४९ र शिखर धवनले ४८ रन बनाएका थिए।
१५९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईका लागि नितिश रानाले ४९, क्रुनाल पाण्डेयले ३७ र विकेटकिपर पार्थिव पटेलले ३९ रन बनाए।
मुम्बईको तर्फबाट जस्प्रित बुमराहले ३ र हरभजन सिंहले २ विकेट लिए। हार्दिक पाण्डेय मालिंगा र म्याक्लेनागनले १/१ विकेट लिएका थिए।
हैदराबादको तीन खेलमा यो पहिलो हार हो। यता पहिलो खेलमा पुनेसँग हारेको मुम्बईको यो लगातार दोस्रो जित हो।