PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

पूरा भयो सपना : एकीकृत नमुना मुसहर बस्तीमा धुर्मुस-सुन्तलीको खुसी, ६ फोटोमा

पूरा भयो सपना : एकीकृत नमुना मुसहर बस्तीमा धुर्मुस-सुन्तलीको खुसी, ६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


बर्दिबास : महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा एकीकृत नमुना बस्ती निर्माणमा जुटेका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को सपना पूरा भएको छ।

गएको पुस २५ गते बस्ती निर्माणको सुरुवात गरिएको थियो। भोलि नयाँ वर्षको अवसरमा स्थानीयवासीलाई बस्ती हस्तान्तरण गरिँदैछ। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको बस्तीमा मुसहर परिवारका लागि ५० वटा घर बनेका छन्। साथै मगर, सुनार र भुजेल परिवारका लागि थप तीन गरी जम्मा ५३ वटा घर निर्माण भएका छन्।

भोलि भव्य कार्यक्रम मार्फत बस्ती कार्यक्रमको योजना रहेको धुर्मुसले बताए। यही खुसीमा उनले आज श्रीमती कुञ्जनासँग 'पूरा भयो सपना' भन्दै फेसबुकमा पोस्ट गरेका तस्बिरहरु : 



ट्रेन्डिङ पोस्ट

Ncell