PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

सोलुखुम्बुमा उम्मेद्वार छनोट : दलित महिला उम्मेद्वार पाउनै मुस्किल



पहिलोपोस्ट

सल्लेरी : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका राजनीतिक दलहरु उम्मेदवार छनोट र प्रचारप्रसारमा व्यस्त बनेका छन्। 

निर्वाचन कार्यालयमा ११ दल दर्ता भए पनि मुख्य गरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले निर्वाचन लक्ष्यित कार्यक्रमलाई तीव्रता दिएका छन्। 

जिल्लामा एक नगरपालिकासहित आठ स्थानीय तहमा निर्वाचन हुँदैछ। चारवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाइसकेको माओवादी केन्द्रले वैशाखको पहिलो साताभित्र वडासहितको उम्मेदवारको नामावली सार्वजनिक गर्ने पार्टी जिल्ला संयोजक हेमकुमार राई (शुरवीर)ले बताए। प्रचारप्रसारलाई तीव्रता दिएको माओवादी केन्द्रले प्रत्येक गाउँतहमा भेला तथा अन्तक्र्रिया कार्यक्रम गरिरहेको छ। 

प्रचारप्रसारमा व्यस्त देखिने नेकाले आन्तरिक छलफललाई नै तीव्रता दिएको छ। वडा समन्वय समितिमार्फत वडाको उम्मेदवार, गाउँपालिका समन्वय समितिमार्फत गाउँपालिकाको उम्मेदवार र नगरपालिका समन्वय समितिमार्फत नगरपालिकाको उम्मेदवार टुङ्गो लगाउने गरी छलफललाई अगाडि बढाइएको काँग्रेस सभापति विनोदबाबु बस्नेतले बताए। 

सम्भावित उम्मेदवारको चर्चा भए पनि एकजनाको समेत अन्तिम नाम सार्वजनिक नगरेको काँग्रेसले वैशाख ४ देखि ७ गतेसम्म सम्पूर्ण उम्मेदवारको टुङ्गो लगाउने भएको छ। साविकको वडालाई आधार मानेर टोल कमिटी गठन गरेको एमालेले टोलस्तरमा अन्तक्र्रिया तथा छलफल गरी उम्मेदवारको छनोटलाई तीव्रता दिएको छ। यसैक्रममा एउटा गाउँपालिकाको उम्मेदवार भने टुङ्गो लगाएको छ। पार्टीले आगामी वैशाख ७ गतेसम्म सम्पूर्ण उम्मेदवार तोक्ने प्रचारप्रसार सचिव जगनाथ बास्तोलाले जानकारी दिए। 

उम्मेदवार छनोटका क्रममा दलित महिलाबाहेक अन्य पदका लागि आकांक्षी धेरै हुँदा समस्या भएको विभिन्न दलको भनाइ छ। 

‘प्रत्येक वडामा एक दलित महिला सदस्य अनिवार्य गरिएको हँुदा स्वःस्फूर्त उम्मेदवार पाउन मुस्किल भएको छ’ – एमाले अध्यक्ष मानवीर राईले भने। 

यसैबीच, जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले बिहीबारदेखि जिल्लाभर मतदाता शिक्षाका लागि ११९ जना मतदाता शिक्षा स्वयम्सेवक खटाउन सुरु गरेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell